×

NIC ASIA

आफूमाथि फेरि आक्रमण हुने भयले पूर्वगृहमन्त्रीका छोरा दीपकराजले मागे सुरक्षा

काठमाडाैं | जेठ ३१, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसका पूर्वनेतासमेत रहेका पूर्वगृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले शान्ति सुरक्षाको माग गरेका छन् । उनले बिहीवार ‘जीउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गरी पाउँ’ भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका हुन् । 

२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाका प्रमुख (मेयर) पदमा उम्मेदवारसमेत रहेका दीपकराजले आफूमाथि खतरा रहेको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराउँदा पनि कुनै सुनुवाइ नभएको निवेदनमा उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपकराजलाई चुनावकै बेला मतदान केन्द्रको अनुगमनका क्रममा एक समूहले सांघातिक आक्रमणसमेत गरेको थियो । उनी अहिले निरन्तर उपचाररत छन् । चुनावी मतगणनामा धाँधली भएको भन्दै मुद्दासमेत हालेका उनले निवेदनमा लेखेका छन्,‘ मैले स्थानीय चुनावको मतगणना धाँधली भयो भनेर हालेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा भएको अवस्था छ । यही असार २ गते व्यास नगरपालिकाको मेयर पदको पुनःमतगणना हुने भनेर पोखरा उच्च अदालतले आदेश दिएको छ ।’ 


Advertisment
Rupse Holidays
Nabil box

चुनावी मतगणनामा धाँधली भयो भन्दा कांग्रेसका उच्च तहका नेताले आफूलाई गोली हान्ने आदेश दिएको भनेर दीपकराजले सार्वजनिक मञ्चबाटै बोलेका थिए । त्यतिबेलैदेखि नै आफू र आफ्नो परिवार असुरक्षित रहेको उनले निवेदनमा उल्लेख गरेका छन् । ‘तनहुँ सीडीओ र डीएसपीलाई रातारात लखेटेको जिल्ला हो भनेर मुख्य निर्वाचन अधिकृतलाई सार्वजनिक स्थलबाट धम्की दिनेहरूबाट म र मेरो परिवारका लागि खतराको उच्च जोखिम बढेको छ । अहिले पुनः मतगणनाको समयमा भय–त्रास र धम्कीको अवस्था झनै थपिएको छ,’ उनले निवेदनमा भनेका छन्,‘ स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको जिउधनको सुरक्षा गरी पूर्ण मतगणना नभइन्जेलसम्म भयरिहत शान्तिपूर्ण वातावरणमा हिड्डुल गर्न पाउने शान्तिसुरक्षाको वातावरण मिलाइ पाऊँ ।’

Vianet communication

null 

निवेदनमा उनले राष्ट्रिय मानवअधिकार आयोगको मुख्यालय, आयोगकै प्रदेश कार्यालय गण्डकी, हेल्लो सरकार, निर्वाचन आयोग र गण्डकी प्रदेश प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । 

दीपकराजको निवेदनमाथि जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गरेर पत्र लेखेका छन् । पत्रमा उनलाई शान्ति सुरक्षा प्रयोगार्थ मात्र आवश्यक कारबाही गर्न भनिएको छ ।

null

दीपकराज २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । उनीमाथि कांग्रेसको एक समूहले आक्रमण गरेको थियो । उनी घाइते भएका थिए । 

उनका पिता गोविन्दराज कुनैबेला गृहमन्त्री थिए । कांग्रेसले पार्टीबाट निष्कासन गरेपछि उनी नेकपा (एमाले)नजिक देखिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x