२९ असार २०८३, सोमबार

हेटौँडा सबस्टेसनको उद्‌घाटन [तस्वीरहरू]

जेठ ३२, २०८१
काठमाडौं
हेटौँडा सबस्टेसनको उद्‌घाटन [तस्वीरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । 

null

ग्यास इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्नगरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् ।
 
null

null

salt training

कमेन्ट गर्नुहोस्