
युरोपकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता युरोकप शुक्रवार रातिदेखि शुरू हुँदैछ । प्रतियोगिता नेपाली समयअनुसार मध्यराति १२ः४५ बजेदेखि शुरू हुन लागेको हो ।
उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल म्युनिखस्थित फूटबल एरिना मैदानमा हुनेछ ।
जर्मनी र स्कटल्यान्ड हालसम्म ४ पटक भेट भएको छ । जसमा जर्मनी हाबी छ । ३ पटक जर्मनीले जित्दा १ पटक स्कटल्यान्डले खेल आफ्नो पक्षमा पारेको छ ।
शुक्रवार रातिकाे उद्घाटन खेलमा जर्मनीले जीत हात पार्ने अधिकांश फूटबल पण्डितले प्रक्षेपण गरेका छन् ।
जर्मनी रहेको समूह ‘ए’मा स्कटल्यान्डसँगै स्विट्जरल्यान्ड र हंगेरी पनि छन् ।
युरोकपमा फ्रान्स र इंग्ल्यान्डसँगै जर्मनीलाई पनि प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।
जर्मनीका विभिन्न १० रंगशालामा हुने प्रतियोगितामा युरोपका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।