२८ जेठ २०८३, बिहीबार

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

जेठ ३२, २०८१
काठमाडौं
‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

 मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो । 

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । 

मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू-भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्