
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
मनसुन अगावै सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर बाँध निर्माण थालिएको थियो ।