३१ असार २०८३, बुधबार

संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

असार ५, २०८१
काठमाडौं
संसद् भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा डिउटीमा रहेका एक प्रहरी जवान मृत भेटिएका छन् ।

संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोले बुधबार बिहान ८ बजे मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । 

उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेको देखिएको एसपी अधिकारीले बताए ।

दोलखाको मेलुङ गाउँपालिका-०४ घर भएका २२ वर्षीय गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद् सुरक्षा वेस नयाँ बानेश्वरमा कार्यरत थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्