×

चीनसँग अमेरिकाको माग– अधिकारकर्मीहरूको तत्काल रिहाइ होस्

काठमाडाैं | असार ५, २०८१

वासिङ्टन डीसी– संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन (सोफिया हुवाङ) र श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजाय दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ । 
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।  

‘हामी चीनलाई हुवाङ र वाङका साथै आफ्नो मौलिक स्वतन्त्रताको प्रयोग गरेको आरोपमा अन्यायपूर्ण रूपमा हिरासतमा राखिएका अन्य व्यक्तिलाई तुरुन्तै रिहा गर्न आग्रह गर्दछौँ,’ उनले भनेका छन् । 


Advertisment

चिनियाँ प्रशासनले लामो समयसम्मको अनुसन्धान र परक्षिणपछि हुवाङलाई पाँच वर्ष तथा वाङलाई तीन वर्ष र ६ महिनाको जेल सजाय सुनाएको हो ।


Advertisment

यसबाहेक, अमेरिकी विदेश विभागले चीनलाई अभिव्यक्ति र निष्पक्ष परीक्षणजस्ता स्वतन्त्रतासहित मानव अधिकारको सम्मान गर्ने आफ्नो वाचा कायम राख्न आग्रह गरेको छ ।
 
‘हामी जनगणतन्त्र चीनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष परीक्षणको सुनिश्चिततासहित मानव अधिकारको सम्मान गर्न आह्वान गर्दछौं । साथै मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षाको क्रममा यस वर्ष गरिएका धेरै सिफारिसहरू स्वीकार गर्न पनि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । 

हुवाङले चीनको मिटु आन्दोलनको समयमा यौन उत्पीडनको रिपोर्ट गर्न पीडितहरूका लागि एक सामाजिक सञ्चार प्लेटफर्म सिर्जना गरेकी थिइन् । उनले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडन चिन्ताको विषय भएको सर्वेक्षणहरू साझा गरेको  ‘द  भ्वाइस अफ अमेरिका’ले जनाएको छ । सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । 

भ्वाइस अफ अमेरिकाका अनुसार वाङले सन् २०१४ देखि श्रमिकहरूको अधिकार र अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्दै आएका छन् । 

अनलाइन समर्थन समूह फ्री हुआङ जुएकिन र वाङ जियानबिङका अनुसार हुवाङले सजायविरुद्ध पुनरावेदन गर्ने योजना बनाएकी छिन् । 

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x