२८ जेठ २०८३, बिहीबार

वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डको सहज जीत

असार ६, २०८१
काठमाडौं
वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डको सहज जीत

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ चरणको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । बिहीबार बिहान वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले सहजै पूरा गरेको हो । 

जवाफी ब्याटिङमा ओर्लिएको इंग्ल्यान्डले १७.३ ओभरमा दुई विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्‍यो । 

लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्