१३ असार २०८३, शनिबार
आगलागी अपडेट

बुटवलमा आगलागी: निभाउने प्रयासमा ३ जिल्लाका १२ वटा दमकल, नियन्त्रणमा आउन सकेन आगो

असार ६, २०८१
बुटवल
बुटवलमा आगलागी: निभाउने प्रयासमा ३ जिल्लाका १२ वटा दमकल, नियन्त्रणमा आउन सकेन आगो

बुटवलको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ लागेको आगलागी नियन्त्रणमा आउन सकेको छैन । तीन जिल्लाका १२ वटा दमकलले तीन घण्टादेखि प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको हो ।

रुपन्देही, कपिलवस्तु र नवलपारासीका विभिन्न पालिकाका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । आगोलाई वरपरका घरमा फैलिन भने दिइएको छैन ।

null

यसअघि आगलागी शुरू भएलगत्तै घटनास्थलमा प्रहरी पुगेर आगो नियन्त्रणमा लिने काम गरिरहेको इलाका प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले लोकान्तरलाई बताएका थिए ।

null 

शुरूमा आगलागी नियन्त्रण गर्न दुईवटा दमकल घटनास्थल पुगेका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्