१० साउन २०८३, आइतबार

कोशी प्रदेशसभाः आर्थिक विधेयकमाथिको छलफल सकियो

असार ६, २०८१
विराटनगर
कोशी प्रदेशसभाः आर्थिक विधेयकमाथिको छलफल सकियो

कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथिको छलफल सकिएको छ । 

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो विधेयक सदनमा पेश गरेका थिए । 

 मन्त्री मगरले समयको अभावमा आर्थिक विधेयकमा बृहत छलफल गर्न नसकेपनि विधेयक निर्माण गर्दा विभित्र क्षेत्र, सांसद, राजनीतिक दलहरुसँग छलफल गरेर नै ल्याएको जानकारी दिए । 

    छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले वर्तमान आर्थिक विधेकयले ढुङ्गा सङ्कलन र बिक्री मूल्यलाई व्यवस्थित गरेको बताउँदै करका दायरा र क्षेत्रमा विशेष अध्ययन गरिने कुरामा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्