२२ जेठ २०८३, शुक्रबार

ब्राउन सुगरसहित २ जना भारतीय पक्राउ

असार ७, २०८१
झापा
ब्राउन सुगरसहित २ जना भारतीय पक्राउ

लागुऔषध ब्राउन सुगरसहित झापाबाट २ जना पक्राउ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको किसनगन्ज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय  तोसिफ आमल छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

बिहीबार साँझ झापा गाउँपालिका- १ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद भएको थियो ।​

जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्