
‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन’ र ‘विलक्षण क्रियसन’को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा तीनदिने ‘बाह्रौँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ शुरू भएको छ । असार ९ गतेसम्म चल्ने महोत्सवमा १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र प्रदर्शन गरिनेछन् ।
महोत्सवमा नेपालबाहेक दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, जिम्बाबे, क्यामरुन, मरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।
नेपाल र दक्षिण अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको निर्देशक क्षेत्रीले बताए ।