३१ असार २०८३, बुधबार

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

असार ८, २०८१
काठमाडौं
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

युक्रेन - रुसले युक्रेनको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको छ ।

आक्रमणबाट जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भएको युक्रेनको ऊर्जा मन्त्रालयले जनाएको छ ।  

यसले विगत तीन महिनामा ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो र संयुक्त आक्रमण भएको बताएको छ ।

रूसी आक्रमणको दुई वर्षभन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको जनाइएको छ । यसले किभलाई युरोपियन युनियनबाट ऊर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा गम्भीर क्षति भएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्