०६ साउन २०८३, बुधबार

रक्षामन्त्री उप्रेतीले गरे उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण​​

असार ८, २०८१
काठमाडौं
रक्षामन्त्री उप्रेतीले गरे उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण​​

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

असार ७ गते हेडक्वार्टरको निरीक्षण गर्न पुगेका मन्त्री उप्रेतीलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

उनलाई पृतनापति एवं उपरथी विष्णु राउतले पृतनाको जिम्मेवारीलगायत विविध गतिविधिबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा मन्त्री उप्रेतीले पृतना हाताको निरीक्षण गर्नुका साथै पृतना अन्तर्गतका युनिटहरूले तयार गरेको विभिन्न प्रकारका अपरेशनल गतिविधि समेटिएका अभ्यासहरूको अवलोकन गरेका थिए । 

null

सो अवसरमा उनले सकल दर्जालाई सम्बोधन गर्दै नेपाली सेनाले देश तथा जनताको सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

साथै उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन उनले निर्देशन दिए ।

निरीक्षण भ्रमण​​मा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत उपस्थित थिए ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्