२७ असार २०८३, शनिबार

बंगलादेशले बलिङ रोज्यो, ब्याटिङ गर्दै भारत

असार ८, २०८१
काठमाडौं
बंगलादेशले बलिङ रोज्यो, ब्याटिङ गर्दै भारत

टी–२० क्रिकेट विश्वकपअन्तर्गत सुपर ८ को खेलमा भारतविरुद्ध बंगलादेशले पहिले बलिङ गर्ने भएको छ ।

बंगलादेशका कप्तान नजमुल होसेन शान्टोले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।

वेस्ट इन्डिजस्थित भिभान रिचार्ड रंशालामा शनिवार साँझ ८ः१५ बजे शुरू हुँदैछ ।

सुपर ८ को समूह १ मा रहेको भारतले पहिलो खेल जितेर सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । उसले दुई अंक जोडेको छ ।

बंगलादेश भने एक खेल खेलेर अंकविहीन छ । यसर्थ उ भारतलाई जित्नैपर्ने दबाबमा छ । तर त्यो सजिलो भने छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्