२६ जेठ २०८३, मंगलबार
वर्षासँगै बाढी र पहिरो

लमजुङ पहिरो : बेँसीसहर–चामे सडक अवरुद्ध, बेपत्ता चारमध्ये वृद्धको शव भेटियो [अपडेट]

असार १२, २०८१
काठमाडौं
लमजुङ पहिरो : बेँसीसहर–चामे सडक अवरुद्ध, बेपत्ता चारमध्ये वृद्धको शव भेटियो [अपडेट]

लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । 

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । 
पच्युटोलमा गएराति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । 

बेपत्ता भएकाहरूको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । 

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । 

पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

यस्तै, लमजुङको दोर्दी गाउँपालिका–९ मा गएराति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए । 

विकल र मिलन दाजुभाइ हुन् । 

यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ ।

बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्