११ साउन २०८३, सोमबार

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन [तस्वीरहरू]

असार १२, २०८१
काठमाडौं
कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन [तस्वीरहरू]

सुनचाँदी व्यवसायीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरो क्षेत्रका व्यवसायीले बुधबार प्रदर्शन गरेका हुन् ।

null

नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले बुधबार न्यूरोड क्षेत्रमा उपभोक्तालाई मार परेको भन्दै प्रदर्शन गरेको हो ।

null

व्यवसायीहरूले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत बनाएको, सुनचाँदीसम्बन्धी ऐन, नियम, निर्देशिका प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखेर २ प्रतिशत विलासिता कर थपेको विरोधमा आन्दोलन गरेका हुन् ।

उनीहरूले सुनमा लगाएको विलासिता कर खारेज गर्न माग गरेका छन् ।

null

व्यवसायीहरूले न्युरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन  गरेका थिए । अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्रामसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउनेगरी नयाँ व्यवस्था गरेको थियो ।

null

 

salt training

कमेन्ट गर्नुहोस्