३१ असार २०८३, बुधबार

मुग्लिन-नारायणगढ​ सडकखण्डमा पहिरो, एकतर्फी सञ्चालन

असार १२, २०८१
काठमाडौं
मुग्लिन-नारायणगढ​ सडकखण्डमा पहिरो, एकतर्फी सञ्चालन

मुग्लिन-नारायणगढ​ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलवीरे ​भन्ने स्थानमा बुधबार दिउँसो पहिरो खस्दा सडक एकतर्फी रूपमा सञ्चालन भएको छ । 

पहिरोसँगै खसेको ठूलो ढुङ्गा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।​

जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सडक दुईतर्फी सञ्चालनका लागि करिब १ घण्टा लाग्ने अनुमान छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ ।

सडक एकतर्फी सञ्चालन हुँदा सवारीसाधनको लाइन बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्