०९ साउन २०८३, शनिबार

मदिरा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच खोसाखोस, १०० बोतल फुटे

असार १२, २०८१
काठमाडौं
मदिरा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच खोसाखोस, १०० बोतल फुटे

सिरहाको सीमा इलाकाबाट तस्करी गरेर भारततर्फ लान लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

मंगलवार जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमानाकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो ।

null

उक्त मदिरा १२ वटा साइकलमा लोड गरी लान लागेको अवस्थामा बरामद गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

बरामद मदिरामा विभिन्न ब्रान्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र  सोफी ब्रान्डको ६० कार्टुन रहेको उनले बताए ।

null

मदिरा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच खोसाखोस हुँदा करिब १०० बोतल मदिरा फुटेर नष्ट भएको सहप्रवक्ता थापाले जानकारी दिए ।

‘बरामद मदिरा तथा साइकल आवश्यक कारबाहीका लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ,’उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्