१० साउन २०८३, आइतबार

ललितपुरको नखिपोटमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

असार १२, २०८१
काठमाडौं
ललितपुरको नखिपोटमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका- २२ न्युरोडमा रहेका २ शाखामध्ये एउटालाई ललितपुर महानगरपालिका- १४ नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । 

स्थानान्तरणसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्