
देशका केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ । मकवानपुर, पर्सा, उदयपुरलगायत स्थानमा भारी वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिंगेमा भारी वर्षा मापन भएको छ । कर्रा, लोथरलगायत क्षेत्र भएर बहने स–साना नदीको बहाव बढ्ने विभागले जनाएको छ ।
यस्तै, पछिल्लो तीन घण्टामा चितवनको शक्तिखोर र कल्याणपुर आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।
पर्साको ठोरी र आसपासका क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ ।
यी क्षेत्र आसपास भई बहने नदी तथा खोला तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।