३० असार २०८३, मंगलबार

उच्च शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन स्वीकृति प्रदान

असार १४, २०८१
हेटौंडा
उच्च शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन स्वीकृति प्रदान

बागमती प्रदेश सभाको आजको बैठकले उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश–२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतीले स्वीकृति गरेको छ । 

यसअघि प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकी थिइन् ।

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन प्रदेश सभामा पेस गरेका थिए ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्