२२ असार २०८३, सोमबार

लद्दाखमा ट्याङ्क दुर्घटनाः पाँच भारतीय सैनिकको मृत्यु

असार १५, २०८१
काठमाडौं
लद्दाखमा ट्याङ्क दुर्घटनाः पाँच भारतीय सैनिकको मृत्यु

लद्दाख–भारतको लद्दाखस्थित दौलत बेग ओल्डी क्षेत्रमा शुक्रबार साँझ सेनाको ट्याङ्क लडाइमा प्रयोग हुने गाडी) दुर्घटना हुँदा पाँच भारतीय सैनिकको मृत्यु भएको छ ।

सबै पाँच जनाको शवलाई घटनास्थलबाट निकाली आवश्यक अन्तिम परीक्षणका लागि पठाइएको छ । परीक्षणपछि शबलाई मृतकका आफन्तलाई बुझाइने सुरक्षा अधिकारीले बताएका छन् । 

सेनाले सञ्चालन गरेको टी–७२ ट्याङ्क नदी पार गर्ने अभ्यासका क्रममा दुर्घटनामा परेको थियो । पानीको सतह शुक्रबार अचानक बढेका कारण दुर्घटना भएको रक्षा अधिकारीले बताए ।

घटनाको समयमा ट्याङ्कमा एक जुनियर कमिश्नर अफिसर र चार जवान गरी पाँच सिपाही थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्