२२ असार २०८३, सोमबार

असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्यः आरजु राणा

असार १५, २०८१
काठमाडौं
असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्यः आरजु राणा

नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी हुन् । उनले रोपाइँको समयमा किसानले पर्याप्त मल नपाउनु दुःख विषय भएको बताइन् । 

    नेत्री देउवाले भनिन्, “नेपालमा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ ।  रासायनिक मललाई सहकारीमार्फत वितरण भए पनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित  व्यवस्थापन गरी वितरण गर्नु आवश्यक छ ।”
    
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सङ्घीय सांसद दुर्लभ थापाले मल र गुणस्तरीय बीउ ल्याएर स्वदेशी उत्पादन बढाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्