२२ असार २०८३, सोमबार

छात्रालाई आत्मरक्षा तालिम

असार १७, २०८१
काभ्रेपलाञ्चोक
छात्रालाई आत्मरक्षा तालिम
फाइल तस्वीर

काभ्रेपलाञ्चोक जिल्ला युवा परिषद्ले विद्यालय तथा क्याम्पसका छात्रालाई आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ । विद्यालयका छात्रालाई आत्मरक्षासम्बन्धी तालिम दिँदै आएको परिषद्ले क्याम्पसमा अध्ययनरत छात्राका लागि पनि तालिम सञ्चालन गरेको हो ।

परिषद्ले शनिबार बनेपाको एक क्याम्पसमा ३० छात्रालाई दुई दिने आत्मरक्षासम्बन्धी तालिम दिएको छ । परिषद्ले तालिममा एकै उमेर समूहका क्याम्पस पढ्ने युवतीलाई हुनसक्ने दुर्व्यवहारबाट बच्न तालिम दिएको परिषद्का जिल्ला अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार तालिममा जिल्लाको आठ स्थानीय तहका ३० जना सहभागी गराइएको थियो । परिषद्ले यसअघि जिल्लाभित्रका १२ ओटा माध्यमिक विद्यालयमा प्रतिरक्षा तालिम दिइसकेको छ ।

तालिममा मार्सल आर्ट्सका दुई महिला प्रशिक्षकले आत्मरक्षासम्बन्धी सीप सिकाएका थिए । संकटको समयमा प्रतिक्रिया जनाउने, आक्रमणकारीलाई निष्क्रिय बनाउने र भाग्ने उपायसमेतको अभ्यास गराइने गरिएको परिषद्ले जनाएको छ ।

तालिमका सहभागीले आफूलाई आत्मविश्वासी बनाई सुरक्षित हुने महत्वपूर्ण उपाय तथा सीप प्राप्त गरेको बताएका छन् ।

बागमती प्रदेश युवा परिषद्को सहयोगमा जिल्लास्थित परिषद्ले रोशी गाउँपालिका तथा तथा नमोबुद्ध नगरपालिकाको माध्यमिक विद्यालयस्तरको करिब तीन सय छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिक रूपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिएको थियो ।

महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबल विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको युवा परिषदले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्