२७ जेठ २०८३, बुधबार
माओवादी बैठक

कांग्रेस-एमाले मिलेपछि माओवादीको आकस्मिक पदाधिकारी बैठक

असार १८, २०८१
काठमाडौं
कांग्रेस-एमाले मिलेपछि माओवादीको आकस्मिक पदाधिकारी बैठक

दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिसँगै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ ।  बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी सचिव गणेश साहले लोकान्तरलाई जानकारी दिए । 

बैठकमा समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ । 'पार्टीको पदाधिकारी बैठक बोलाइएको छ,' लोकान्तरसँग उनले भने, 'बैठक ९ बजे बालुवाटारमा बस्ने कुरा छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।'

कांग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएको थियो । सहमतिअनुसार पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गरिने छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बनाउने दुई दलको सहमति छ । 

यस्तै, कांग्रेसले पनि नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्