
मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ जलवीरे भन्ने स्थानमा मंगलबार दिउँसो ३ बजेपछि पहिरो खस्दा सडक अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार अहिले सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
पहिरोसँगै खसेको ठूलो ढुङ्गा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक दुईतर्फी सञ्चालन गर्न करिब १ घण्टा लाग्ने अनुमान छ ।
पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।