
प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका सुरेश अधिकारी शपथ लिएका छन् ।
सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पूर्वसचिव अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार उक्त पदमा नियुक्त गरेका थिए ।
त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।