
जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल सकिँदा ४४ खेल भएका छन् । यस क्रममा १०० गोल निस्किएका छन् ।
१०० मध्ये ९ गोल आत्मघाती भएका छन् । यो संख्या बढेमा अघिल्लो युरोकप (सन् २०२१)को ‘खराब कीर्तिमान’ भंग हुने सम्भावना छ ।
किनकि, हालसम्म २०२१ मा सर्वाधिक आत्मघाती गोल भएका थिए । त्यो संख्या ११ रहेको छ । जारी युरोकपमा अझै ७ खेल बाँकी छन् । यसर्थ अब थप ३ आत्मघाती गोल भएमा यो ‘खराब कीर्तिमान’ तोडिन सक्छ ।
जारी युरोकपमा हालसम्म ४ खेलाडीले सर्वाधिक गोल गरेका छन् । जसमा आयोजक जर्मनीका जमाल मुसियला, नेदरल्यान्ड्सका कोडी गाक्पो, जर्जियाका जोर्गेस मिकाउटाड्ज र स्लोभाकियाका इभान स्चरान्जले ३–३ गोल गरेका छन् ।
मिकाउटाड्ज र स्चरान्जका टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
आत्मघाती गोल गर्नेको सूचीः