
फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्नेगरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् 'फेस' गर्ने भएका छन् । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भएका छन् ।