२८ असार २०८३, आइतबार

फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

असार २२, २०८१
काठमाडौं
फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्नेगरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् 'फेस' गर्ने भएका छन् । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्