
नेकपा (एमाले) अध्यक्ष केपी ओली शर्माको व्यक्तिगत सुरक्षार्थ खटिएका प्रहरी अधिकारी उमेश थापाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) थापाको भक्तपुर अस्पतालमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको हो ।
थापाको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी उमेश न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।
थापा सूर्यविनायकको गुण्डुस्थित आफ्नो घरमा रहेको समयमा अचेत बनेका थिए । त्यसपछि उनलाई लगत्तै अस्पताल लगिएको थियो । थापाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको न्यौपानेले जानकारी दिए ।