१६ असार २०८३, मंगलबार

पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

असार २२, २०८१
गुल्मी
पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मीमा पहिरोले पुरिएकी एक महिलाको जीवितै उद्धार गरिएको छ ।​

रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  उजेली विकलाई जीवितै उद्धार गरिएको हो ।

घर माथिबाट खसेको पहिरोले पुरिएकी रुरुक्षेत्र- ३ की विकलाई तत्कालै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्