०७ साउन २०८३, बिहीबार

पहिरोले कान्ति लोकपथ अवरुद्ध, आवागमनमा समस्या

असार २२, २०८१
काठमाडौं
पहिरोले कान्ति लोकपथ अवरुद्ध, आवागमनमा समस्या
फाइल तस्वीर

अविरल वर्षापछि पहिरो जाँदा कान्ति लोकपथमा आवागमन अवरुद्ध भएको छ ।​

शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए । ​

कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनका अनुसार वर्षाले ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएको छ ।

उक्त माटो र लेदो बगुवा पुलमा जम्मा हुँदा आवतजावतमा समस्या भएको उनले जानकारी दिए ।

अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताए ।​

अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक भने बन्द नभएको महांकाल गाउँपालिकाका प्रमुख गणेश केसीले बताए।

कमेन्ट गर्नुहोस्