३१ असार २०८३, बुधबार

जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

असार २२, २०८१
तनहुँ
जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।

अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्