२२ असार २०८३, सोमबार

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

असार २२, २०८१
कञ्चनपुर
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

 कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सार्वजनिक सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा नदी किनारा र तटीय क्षेत्रका जिल्लावासीलाई सतर्क रहन आग्रह गरेका हुन् । 

केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले भारी वर्षा हुने जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएपछि स्थानीय तहलाई सतर्क रहन भनिएको हो । जिल्लाका नौ स्थानीय तहले सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि सचेत पार्न कर्मचारी परिचालन गरेका छन् ।

 बाढी प्रभावित क्षेत्रमा उद्धार गर्न र पूर्वसूचना प्रदान गर्न नगर प्रहरी र विपद् शाखाका कर्मचारीलाई तयारी अवस्थामा राखिएको शुक्लाफाँटा नगरपालिकाको विपद् शाखाका धिरज ऐरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्