
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।
राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आइतबार बिहान उनले सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती पनि गरेका थिए ।