१० साउन २०८३, आइतबार

रामेछाममा जीप दुर्घटनाः वृद्धाको मृत्यु, ९ जना घाइते

असार २६, २०८१
काठमाडौं
रामेछाममा जीप दुर्घटनाः वृद्धाको मृत्यु, ९ जना घाइते

रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मंगलवार दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौजना घाइते भएका छन् । 

मृत्यु हुनेमा ६२ वर्षीया माया बिक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्