
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेल छन् ।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले कुमारीगालबाट पक्राउ गरेको हो ।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।