×

एनसेलले ल्यायो ‘बिज सधैं अन’सँगै डिजिटल भविष्यको पाइला

काठमाडाैं | असार २७, २०८१

नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ ।

Laxmi Bank

नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल रहेको कम्पनीले जनाएको छ ।


Advertisment

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्‍याउनु ‘बिज सधैं अन’को उद्देश्य रहेको छ ।


Advertisment

अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरूका साथ महिनाभरि निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन् ।

एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरू प्रदान गर्दै आएको छ ।

एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।

null

'उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विषयहरूमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् । एनसेलले पनि उद्यमका पीडामर्काहरूलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरू उपलब्ध गराउन काम गरिरहेको छ । त्यस्ता केही सोलुसनहरू तयार छन् र केही पाइपलाइनमा रहेका छन्,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । 'सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं, अझै उन्नत प्रविधिहरूमा काम गर्न सक्छौं र इनोभेटिभ सोलुसनहरू ल्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुर्याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्न सक्दछ ।'

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरू देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्‍याउने सोलुसनहरूमा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । फाइभजीले अत्याधुनिक प्रविधि संचालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू, होटलहरू, व्यवसायीहरू र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरू प्रदान गर्दै आएको छ । 

null

“सधैं अनमा हाम्रो सफलता र ग्राहकहरूको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं । सधैं अनमा नै हामीले हाम्रा इन्टरप्राईज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाईज्ड भ्यालु दिन चाह्यौं,' एनसेलका हेड अफ इन्टरप्राईज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने । 'बिज सधैं अन र विभिन्न सोलुसन सुटहरूका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौं जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।'

‘बिज सधैं अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत रु ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरू ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ । 

रु ४९९ को प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, रु ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड  टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । रु ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरूले रु १,५९९ र रु १,९४९ को मासिक प्लान लिन सक्छन् । 

null

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र रु ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले रु ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् । 

यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरी ‘बिज सधैं अनु’प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।

null

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरू प्रदान गदै आएको छ । 

यी सेवा तथा सुविधाहरू नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिष्कृत तथा गतिशील बजारमा भरपर्दो प्रविधि र पूर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्दछ ।

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

भदौ १९, २०७८

गुगल फोटोज एप आफ्नो तस्वीर तथा भिडियोहरू ब्याकअप गर्ने उत्तम विकल्प हो ।  यसको मद्दतले कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ ।  यो एपले फोटोहरूको फेस, लोकेसन, सम...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x