३० असार २०८३, मंगलबार
प्राकृतिक बिपत्ति

चितवनमा वर्षासँगै पहिरो, दुईवटा यात्रुबाहक गाडी त्रिशूली नदीमा बगेर बेपत्ता

असार २८, २०८१
काठमाडौं
चितवनमा वर्षासँगै पहिरो, दुईवटा यात्रुबाहक गाडी त्रिशूली नदीमा बगेर बेपत्ता

चितवनमा अविरल वर्षासँगै आएको पहिरोले लामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस ​(विङ्गर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा शुक्रवार बिहान ३ बजे उक्त घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गौर जाँदै गरेको बसमा अन्दाजी ४०–४१ जना तथा वीरगञ्जबाट आउँदै गरेको विङ्गर गाडीमा करिब २०–२१ जना यात्रु सवार रहेको उनले बताए । 

खोज तथा उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ गोताखोरसहित २० जना परिचालन भएको डीएसपी थापाले जानकारी दिए । 

पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडक अवरुद्ध रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्