०३ साउन २०८३, आइतबार
सत्ता परिवर्तन

ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस

असार २८, २०८१
काठमाडौं
ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफ्नो दाबी पेस गरेका छन् । शुक्रवार राति राष्ट्रपति भवन शीतल निवास पुगेर एमाले संसदीय दलका नेता समेत रहेका ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् । 

आजै राष्ट्रपतिले आइताबारसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसारको सरकार गठनका लागि आह्वान गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

राष्ट्रपति भवन शीतल निवास स्रोतका अनुसार कांग्रेस र एमालेका नेताहरू शुक्रवार राति ९ बजे प्रधानमन्त्रीमा दाबी पेस गर्न पुगेका थिए ।  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस भएसँगै राष्ट्रपतिले आवश्यक निर्णय गरेर ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्