१९ असार २०८३, शुक्रबार

कांग्रेसको कार्यसम्पादन समिति बैठक २ बजे बस्दै

असार २९, २०८१
काठमाडौं
कांग्रेसको कार्यसम्पादन समिति बैठक २ बजे बस्दै

नेपाली कांग्रेसले शनिवारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।

उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

नयाँ सरकार गठनको तयारीबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । 

ओलीको आइतबार शपथ हुने र लगत्तै मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । 


 

salt training

कमेन्ट गर्नुहोस्