२८ असार २०८३, आइतबार

गाईघाट बजारमा कटानको जोखिम बढेपछि बरुवा नदीमा अस्थायी बाँध निर्माण

असार २९, २०८१
काठमाडौं
गाईघाट बजारमा कटानको जोखिम बढेपछि बरुवा नदीमा अस्थायी बाँध निर्माण

वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधलाई क्षति पुर्‍याएको छ ।

यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण शुरू भएको छ ।

त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ ।​

स्थानीयसहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए।

झण्डै तीनसय मिटर लम्बाइ र दश मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो ।​​​

ढुङ्गा, बोरामा बालुवा भर्ने र बोरामा बालुवा र ढुङ्गा राखेर तार जालीले बाँधेर अस्थायी तटबन्ध निर्माण गरिएको हो ।

त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्