२४ जेठ २०८३, आइतबार

नवनियुक्त प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

असार ३०, २०८१
काठमाडौं
नवनियुक्त प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
फाइल फोटो

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । 

आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली आइतबार साँझ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास चपली पुगेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिए ।

तत्कालीन एमाले उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा निर्वाचित भएपछि दलीय आबद्धता त्यागेकी थिइन् ।

तर पछिल्लो समय उनी राजनीतिमा सक्रिय बन्न लागेको चर्चा छ । 

औपचारिक कार्यक्रममा सहभागी हुँदा उनले राजनीतिक अभिव्यक्ति दिने गरेकी छिन् । उनका अभिव्यक्तिले राजनीतिमा सक्रिय बन्न लागेको संकेत गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्