१९ असार २०८३, शुक्रबार

त्रिशूलीमा बस बेपत्ता घटनाः १२ वटा शव फेला, सोनार डिभाइसको प्रयोगले खोजी जारी

असार ३१, २०८१
काठमाडौं
त्रिशूलीमा बस बेपत्ता घटनाः १२ वटा शव फेला, सोनार डिभाइसको प्रयोगले खोजी जारी
फाइल तस्वीर ।

असार २८ गते शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजीका लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य भइरहेको हो ।

नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार डिभाइस पानीमुनि साउन्ड वेब पठाइ त्यहाँ रहेका बस्तुहरूलाई स्क्यान गर्दै आकृतिको रुपमा देखाउने प्रविधि रहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

‘यसअघि पनि सशस्त्रको विद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन,’ उनले भने, ‘तर सोमबार प्रयोग गरिएको सोनार डिभाइस उच्चतम प्रविधिको साधन रहेकाले यसको क्षमता २०० मिटर गहिराइसम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने रहेको छ ।’

धमिलो पानीमा पनि काम गर्नसक्ने यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेब तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने गरेको सहप्रवक्ता थापाले बताए । यसमा मोटरबोट जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । 

सशस्त्रका सहप्रवक्ता थापाका अनुसार सोमबार मात्रै पूर्वी नवलपरासीस्थित विनय त्रिवेणी (गण्डक ब्यारेज)को पुलको ढोकामा अड्किएका दुईवटा शव फेला परेका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेका थिए । पहिरोले बगाएर दुवै बस त्रिशूली नदीमा खसेका थिए । 

बसमा सवार तीन जनाले हामफालेर ज्यान जोगाए पनि ६२ जना यात्रुले ज्यान गुमाएका छन् । सुरक्षा फौजको टोलीले हालसम्म १२ वटा शव फेला पारिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्