२९ असार २०८३, सोमबार

आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य

साउन १, २०८१
काठमाडौं
आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य

नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य मंगलबारदेखि कार्यान्वयनमा आएको छ। निगमले सोमबार पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो ।

भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ । 
मूल्यवृद्धि भएसँगै आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्