२२ असार २०८३, सोमबार

आरजु र लेखक मन्त्री बनेपछि संसद्‌मा कांग्रेसका दुई पद रिक्त

साउन १, २०८१
काठमाडौं
आरजु र लेखक मन्त्री बनेपछि संसद्‌मा कांग्रेसका दुई पद रिक्त

रमेश लेखक मन्त्री बनेपछि नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पद रिक्त भएको छ । यस्तै डा. आरजु देउवा मन्त्री बनेपछि प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समिति पनि सभापतिविहीन भएको हो । 

२०७९ पुस १९ देखि लेखक कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । राष्ट्रिय मान्यता प्राप्त दलको प्रमुख सचेतकले संसद् सचिवालयबाट गाडी, इन्धन सहितको अतिरिक्त सुविधा पाउँछन् ।

अर्को प्रमुख सचेतक नबन्दासम्म सचेतक सुशीला थिङले नै काम गर्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । 

आरजु मन्त्री बनेपछि संसदीय समितिको सभापतिबाट स्वतः बिदा भएकी छिन् । माओवादी–कांग्रेस गठबन्धन सरकार रहेको बेला संसदीय समितिको भागबन्डा भएको थियो । संसदीय समितिको सभापति चुन्न निर्वाचन गर्नुपर्ने हुन्छ ।

संसदीय समितिका सभापतिले पनि संसद् सचिवालयबाट गाडीसहित राज्यमन्त्री सरह सुविधा पाउँछन् ।

प्रधानमन्त्री केपी ओली सरकारमा रमेश लेखक गृह र आरजु परराष्ट्र मन्त्री बनेकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्