२८ जेठ २०८३, बिहीबार

कुकुर मारेको निहुँमा झगडा, छोराले गरे ढुंगाले हानेर बाबुको हत्या

साउन २, २०८१
नवलपरासी
कुकुर मारेको निहुँमा झगडा, छोराले गरे ढुंगाले हानेर बाबुको हत्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहारगरी आफ्नै बुवाको हत्या गरेका छन् । 

जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुवाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो । 

घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्