
पाल्पामा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिस्दी गाउँपालिका- ७ ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विक छन् ।
उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सन्तबहादुरले ती महिलालाई गत असार ३१ गते बिहान उनकै घरमा करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।